ड्रिंक एण्ड ड्राइभपछि प्रदेश प्रमुख सचिवालयको सवारी नियन्त्रणमा
पाेखरा | असार २, २०८०
पोखरा: गण्डकी प्रदेश प्रमुखका सचिवालय सवारी चालकले मापसे गरेर चलाएको सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन ग १ झ २६३ नम्बरको सुमो गाडी र चालक प्रदीप बरालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएका हुन् ।
शुक्रबार अपरान्ह ४ बजेको समयमा पोखराको पामेबाट पोखरा आउँदै गर्दा गाडी र चालक बराललाई नियन्त्रणमा लिएको हो ।
बरालले मापसे गरी सवारी चलाएको थाहा भएपछि विद्यार्थी नेता डिफान भुजेलको नेतृत्वले उक्त सवारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो ।
मापसे गरी सवारी चलाएका चालक बराललाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

